गैँडाकाेट नगरपालिका वडा नं १ , ८ र १६ मा वडा बाल समूह सञ्जाल गठन

२०८३ असोज २९ बिहीबार २१:१८:०० मा प्रकाशित

गैँडाकाेट  वडा नं १  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं १ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले  वडा बाल समूह सञ्जालको गठन गरेको छ। 
समितिको अध्यक्षमा स्मारिक भण्डारी, उपाध्यक्षमा नितिश सापकोटा, सचिवमा शिर्षक सापकाेटा, कोषाध्यक्षमा सिम्रन कुमाल, सहसचिवमा आराेही कंडेल, सदस्यहरुमा विनाक्षी गुरुङ प्रसिद्ध गाैतम आयन अधिकारी सुगम सापकाेटा सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिकाे रुपमा देवराज सापकाेटा,श्रुती पाैडेल र दिया पाैडेल चयन हुनुभएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी रहनुभएको थियो । सो भेलामा वडा सदस्य लक्ष्मी चालिसे बालमैत्री सम्पर्क व्यक्ति एवं वडा सदस्य चेलीमाया सारु मगर बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्याय,विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु गायतको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण बालमैत्री वडा सहजकर्ता तारा शर्माले गर्नुभएको थियो । साे बालभेला वडा बाल समूह सञ्जालका उपाध्यक्ष श्रुती पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

गैँडाकाेट  वडा नं ८  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं ८ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले बाल समूह सञ्जालको गठन गरेको छ। 

समितिको अध्यक्षमा समृद्धि चापागाईं, उपाध्यक्षमा अभियान आचार्य, सचिवमा सुयाेग गाैतम, कोषाध्यक्षमा प्रशंसा खनाल, सहसचिवमा प्रेम नेपाली, सदस्यहरुमा कर्मशङवाे गुरुङ पवन सापकाेटा विप्लव सापकाेटा अन्विन रिजाल सरिना लामा विनिशा बस्ताकाेटी र प्रेरणा रिजाल सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा मधुसुदन तिवारी र प्रशंसा खनाल चयन हुनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि वडा नं ८ का वडा अध्यक्ष प्रेम सापकाेटा रहनुभएको थियो । सो भेलामा कार्यपालिका सदस्य कमला आचार्य, वडा सदस्य खगेश्वर सापकाेटा र तर्कबहादुर थापा, नगरबाल सञ्जाल अध्यक्ष स‌ंसार सापकाेटा, संरक्षक शिक्षक यशाेदादेवी कंडेल, झरना पराजुली , नन्दन कालिका टाेल विकास संस्ठाका अध्यक्ष माधव आचार्य,विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु गायतको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण बालमैत्री वडा सहजकर्ता दिपा सापकाेटा ले गर्नुभएको थियो । साे बालभेला वडा बाल समूह सञ्जालका अध्यक्ष मधुसुदन तिवारीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

गैँडाकाेट  वडा नं १६  मा वडा बाल समूह सञ्जाल गठन 

गैंडाकोट नगरपालिका वडा नं १६ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले बाल समूह सञ्जालको गठन गरेको छ। 

समितिको अध्यक्षमा तपस्या कंडेल, उपाध्यक्षमा विवश तिवारी, सचिवमा इसान पाडेल, कोषाध्यक्षमा महिमा विक, सहसचिवमा अमित बसेल, सदस्यहरुमा विष्णुप्रसाद चुवाईं सचित भट्टराई दृष्टी भट्टराई शिवानी खनाल विमर्श खत्री  प्रमुशा तामाङ जेनिसा सेन र शिवम् गाैतम सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा महिमा विक र इसान पाैडेल चयन हुनु भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि वडा नं १६ का वडा देवी अधिकारी रहनुभएको थियो । सो भेलामा वडा सदस्य खगेश्वर सापकाेटा, तर्कबहादुर थापा र सरितादेवी दर्जी नगरबाल सञ्जाल उपाध्यक्ष कृतिका भट्टराई, विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो । वडा बाल समूह सञ्जाल गठन प्रक्रियाका बारेमा बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण बालमैत्री वडा सहजकर्ता संगीता आचार्यले गर्नुभएको थियो । साे बालभेला वडा बाल समूह सञ्जालका अध्यक्ष इसान पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।