सामुदायिक विद्यालयमा लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय (नवलपरासी पूर्वका दुई विद्यालय)
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ६ अर्ब ५४ करोड रुपैयाँको योजना अघि बढाएको छ। ठूला सामुदायिक विद्यालयको भौतिक संरचना सुदृढ बनाउँदै विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउने उद्देश्यले सरकारले यो योजना कार्यान्वयनमा ल्याएको हो।
मन्त्रालयका अनुसार योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालय छनोट गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। बाँकी विद्यालयमा पनि पूर्वाधार विकासको काम अघि बढाउने लक्ष्य राखिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार छनोट भएका विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीनतले भवन निर्माण गरिनेछ । भवनमा सुविधा सम्पन्न कक्षाकोठासँगै आधुनिक प्रयोगशाला र व्यवस्थित पुस्तकालयको समेत व्यवस्था गरिनेछ।
मन्त्री पोखरेलले पहिलो चरणमा छनोट भएका विद्यालयको भवन निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको बताउँदै यसबाट विद्यार्थीको सिकाइ वातावरण थप सुरक्षित, व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ।
मधेश प्रदेशका सबैभन्दा बढी विद्यालय छनोट
पहिलो चरणमा छनोट भएका ८९ विद्यालयमध्ये सबैभन्दा बढी ३३ वटा विद्यालय मधेश प्रदेशका छन्। यो कुल छनोट भएका विद्यालयको ३७ प्रतिशतभन्दा बढी हो ।
मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक तथा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेकाले विद्यालय छनोट र बजेट विनियोजनमा यस प्रदेशलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। ठूला सामुदायिक विद्यालयमा रहेको भौतिक पूर्वाधारको अभाव हटाई पठनपाठनको वातावरण सुधार गर्नु योजनाको प्रमुख उद्देश्य रहेको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशका २१ र कोशी प्रदेशका १८ वटा विद्यालय छनोट भएका छन्। लुम्बिनी प्रदेशमा रुपन्देहीका आठ र दाङका छ विद्यालय समावेश छन् । कोशी प्रदेशमा झापा र मोरङका छ–छ विद्यालयसहित १८ विद्यालय परेका छन्।
गण्डकी प्रदेशका ६ विद्यालय छनोट, नवलपरासी पूर्वका दुई
गण्डकी प्रदेशबाट छनोट भएका छ विद्यालयमध्ये कास्कीका तीन, नवलपरासी पूर्वका जनक माध्यमिक विद्यालय गैडाकोट भीमसेन आदर्श माध्यमिक विद्यालय देवचुली नगरपालिका रहेका छन् ।
दुई र तनहुँको एउटा विद्यालय रहेका छन्। यससँगै नवलपरासी पूर्वका दुई सामुदायिक विद्यालय पनि ठूला विद्यालयको भौतिक पूर्वाधार विकास योजनामा समेटिएका छन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका छ विद्यालय छनोट भएका छन्। तीमध्ये कैलालीका तीन तथा कञ्चनपुर, दार्चुला र बाजुराका एक–एक विद्यालय रहेका छन्।
कर्णाली प्रदेशबाट तीन विद्यालय छनोट भएका छन्, जसमा सुर्खेतका दुई र जुम्लाको एउटा विद्यालय समावेश छन्। बागमती प्रदेशबाट भने दुई विद्यालय मात्र छनोट भएका छन्।
पूर्वाधार विकासबाट गुणस्तरीय शिक्षामा जोड
विद्यार्थी सङ्ख्याका आधारमा ठूला सामुदायिक विद्यालयलाई लक्षित गरी अघि बढाइएको यो योजनाले विद्यालयमा पर्याप्त कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। भौतिक पूर्वाधारको अभावका कारण पठनपाठनमा देखिने समस्या न्यूनीकरण गर्दै विद्यार्थीलाई अनुकूल सिकाइ वातावरण उपलब्ध गराउनु योजनाको मुख्य लक्ष्य हो।
सरकारको यो लगानी प्रभावकारी रूपमा कार्यान्वयन हुन सके सामुदायिक विद्यालयको भौतिक अवस्था सुधार हुनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ। तर, पूर्वाधार निर्माणसँगै शिक्षक व्यवस्थापन, शैक्षिक सामग्रीको उपलब्धता र शिक्षणको गुणस्तर सुधारमा समेत ध्यान दिनु आवश्यक देखिन्छ।
सूचीमा हेर्नुहोस्, कुन प्रदेशका कुन विद्यालय ?
१. कोशी प्रदेश (१८ वटा विद्यालय)
त्रियुगा नमूना माध्यमिक विद्यालय – त्रियुगा नगरपालिका, उदयपुर
त्रिवेणी माध्यमिक विद्यालय – कटारी नगरपालिका, उदयपुर
धुलाबारी माध्यमिक विद्यालय – मेचीनगर नगरपालिका, झापा
हिमालय माध्यमिक विद्यालय – दमक नगरपालिका, झापा
देवी माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
महेन्द्र रत्न माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
कन्काई माध्यमिक विद्यालय – कन्काई नगरपालिका, झापा
मोहनमाया माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
भानु माध्यमिक विद्यालय – फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
फिदिम माध्यमिक विद्यालय – फिदिम नगरपालिका, पाँचथर
साजीलाल माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
राधिका माध्यमिक विद्यालय – उर्लाबारी नगरपालिका, मोरङ
पञ्चायत माध्यमिक विद्यालय – पथरीशनिश्चरे नगरपालिका, मोरङ
सुकुना माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
पोखरिया माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
आदर्श माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय – बराहक्षेत्र नगरपालिका, सुनसरी
पब्लिक हाई स्कुल – धरान उप महानगरपालिका, सुनसरी
२. मधेश प्रदेश (३३ वटा विद्यालय)
शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा
विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
गोगल प्रसाद नमुना माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
जिल्ला उचाङ्गाल रामदेव - कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा
माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उप महानगरपालिका, बारा
दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा
गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा
श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी
राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी
महेन्द्र रा माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी
सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट
कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट
जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट
जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट
नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट
रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट
नमुना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट
जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट
जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट
माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट
सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट
नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही
जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही
बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही
मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा
चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा
३. बागमती प्रदेश (२ वटा विद्यालय)
गान्धी माध्यमिक विद्यालय – कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
नारायणी नमूना माध्यमिक विद्यालय – भरतपुर महानगरपालिका, चितवन
४. गण्डकी प्रदेश (६ वटा विद्यालय)
अमरसिंह माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
कालिका माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
छोरेपाटन माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
जनक माध्यमिक विद्यालय – गैडाकोट नगरपालिका, नवलपरासी पूर्व
भीमसेन आदर्श माध्यमिक विद्यालय – देवचुली नगरपालिका, नवलपरासी पूर्व
सत्यवती माध्यमिक विद्यालय – व्यास नगरपालिका, तनहुँ
५. लुम्बिनी प्रदेश (२१ वटा विद्यालय)
नेपाल आदर्श माध्यमिक विद्यालय – शिवराज नगरपालिका, कपिलवस्तु
जनता माध्यमिक विद्यालय – बाणगंगा नगरपालिका, कपिलवस्तु
पद्मोदय पब्लिक माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
माध्यमिक विद्यालय रजेना – घोराही उप महानगरपालिका, दाङ
माध्यमिक विद्यालय तुलसीपुर सेन्टर – तुलसीपुर उप महानगरपालिका, दाङ
सिद्द रत्न माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
गुरु जजुर माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
बाल विकास माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
रामतुलसी माध्यमिक विद्यालय – रामपुर नगरपालिका, पाल्पा
त्रिभुवन माध्यमिक विद्यालय – कोहलपुर नगरपालिका, बाँके
धम्बोझी माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
मङ्गलप्रसाद माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
कालिका मानव ज्ञान माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
नविन औद्योगिक रिता माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
शान्ति नमुना माध्यमिक विद्यालय – तिलोत्तमा नगरपालिका, रुपन्देही
कान्ति भैरम माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
पब्लिक माध्यमिक विद्यालय – सियारी गाउँपालिका, रुपन्देही
रामापुर माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
सैनामैना माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय – सिद्धार्थनगर नगरपालिका, रुपन्देही
बालकल्याण माध्यमिक विद्यालय – रोल्पा नगरपालिका, रोल्पा
६. कर्णाली प्रदेश (३ वटा विद्यालय)
चन्दननाथ माध्यमिक विद्यालय – चन्दननाथ नगरपालिका, जुम्ला
अमरज्योति माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
जन माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
७. सुदूरपश्चिम प्रदेश (६ वटा विद्यालय)
महेन्द्रनगर माध्यमिक विद्यालय – भीमदत्त नगरपालिका, कञ्चनपुर
त्रिनगर माध्यमिक विद्यालय – धनगढी उप महानगरपालिका, कैलाली
दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय – गोदावरी नगरपालिका, कैलाली
कर्णाली माध्यमिक विद्यालय – टीकापुर नगरपालिका, कैलाली
महेन्द्र मोडल माध्यमिक विद्यालय – महाकाली नगरपालिका, दार्चुला
मालिका माध्यमिक विद्यालय – बडीमालिका नगरपालिका, बाजुरा