गैँडाकाेट ७ र ९ मा वडा बाल समूह सञ्जाल गठन सम्पन्न

२०८३ असोज २८ बुधबार २१:१४:०० मा प्रकाशित

गैंडाकोट नगरपालिका वडा नं ७ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले  वडा बाल समूह सञ्जालको गठन गरेको छ। 
समितिको अध्यक्षमा कनिस कुमाल, उपाध्यक्षमा सरिना भुसाल, सचिवमा विन्ध्या भुसाल, कोषाध्यक्षमा ब्रविन सुवेदी, सहसचिवमा आश्रिया शर्मा, सदस्यहरुमा पुनम लामा, समिक्षा परियार, उज्वल कंडेल, रबुसम गुरुङ्ग, स्नेहा दर्जी, सुहाना दराई ,आशिक दराई, प्रतिक सापकाेटा, निशु नेपाली ,रागिनी परियार सर्वसम्मत चयन हुनुभएको छ ।  

कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ का वडा अध्यक्ष हाेमनाथ सापकाेटा रहनुभएको थियो । सो भेलामा कार्यपालिका सदस्य ईश्वरी जिसी बालमैत्री सम्पर्क व्यक्ति एवं वडा सदस्य तारापती त्रिपाठी वडा सदस्यहरु छलिमाया परियार, धनबहादुर कुमाल, बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्याय,विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु र वडा सहजकर्ता सुशिला गाैंडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएको थियो ।

त्यसैगरी गैंडाकोट नगरपालिका वडा नं ९ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि  बालबालिकाहरुको भेलाले ९ सदस्यीय वडा बाल समूह सञ्जालको गठन गरेको छ। 

समितिको अध्यक्षमा विवेक सापकाेटा, उपाध्यक्षमा रिया पुर्जा मगर, सचिवमा अनुसा गिरी, कोषाध्यक्षमा अभिन खत्री, सहसचिवमा आयुष परियार, सदस्यहरुमा ऋितिक पाण्डे, सुजिता सुँयल, राेहन गिरी,खुशी सापकाेटा सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा अनमाेल खनाल र अनुषा गिरी चयन हुनु भएको छ । 

भेलामा बालमैत्री सम्पर्क व्यक्ति एवं वडा सदस्य गमता भट्टराई पाण्डे, विन्दुमाया विक ,बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्याय, विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु र वडा सहजकर्ता कृषला सापकाेटा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएको सो भेला वडा बाल सञ्जाल अध्यक्ष दिक्षान्त कंडेलकाे  अध्यक्षतामा सम्पन्न भएको थियो ।