गैँडाकाेट १२ मा वडा बाल समूह सञ्जाल गठन सम्पन्न
गैँडाकोट, २८ असोज २०८३ । गैंडाकोट नगरपालिका वडा नं १२ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि बालबालिकाहरुको भेलाले ११ सदस्यीय वडा बाल समूह सञ्जालको गठन गरेको छ।
समितिको अध्यक्षमा प्रजु भुसाल, उपाध्यक्षमा राेसन वि.क, सचिवमा अनुपा विक, कोषाध्यक्षमा समिर वि.क, सहसचिवमा आयुषा कंडेल, सदस्यहरुमा रितेस गिरी, दिपसन न्याैपाने, गुराँस वि.क, खगेन्द्र महत्ताे, संगम रसाइली र अनुज महताे सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा आयान मल्ल र दुर्गा वि.क हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १२ का वडा अध्यक्ष चक्रपाणी कंडेल रहनुभएको थियो । सो भेलामा वडा सदस्यहरु बाबुराम रिजाल भिमकुमारी चाैधरी ,विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु र वडा सहजकर्ता एलिसा हर्मेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएको सो भेला नगर बाल सञ्जाल सदस्य राहुल अम्गाईंकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

