बिबिए सातौँ सेमेस्टरमा यमकला पौडेल नेपाल टपर, मध्यविन्दु क्याम्पसको ऐतिहासिक सफलता

२०८३ असोज २४ शनिबार ०९:१८:०० मा प्रकाशित

कावासोती । मध्यविन्दु बहुमुखी क्याम्पस (MMC) कावासोतीकी विद्यार्थी यमकला पौडेलले बिबिए सातौँ सेमेस्टरको बोर्ड परीक्षामा ४ एसजीपीए प्राप्त गर्नुभएकाे छ ।  क्याम्पसको इतिहासमै पहिलो पटक विद्यार्थीले पूर्ण ४ एसजीपीए प्राप्त गर्दै राष्ट्रियस्तरमा उत्कृष्ट उपलब्धि हासिल गर्दै नेपाल टपर बन्न सफल हुनुभएकाे छ ।

पौडेलको सफलतालाई क्याम्पसले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। उहाँकाे मेहनत, लगनशीलता र दृढ संकल्पले क्याम्पसको शैक्षिक प्रतिष्ठा थप उचाइमा पुर्‍याएको भन्दै क्याम्पस परिवारले उहाँलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

यसैगरी, परीक्षामा सफलता हासिल गर्ने क्याम्पसका सम्पूर्ण विद्यार्थीलाई पनि बधाई दिँदै क्याम्पसले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने क्याम्पस प्रमुख गणेशमान गिरीले विश्वास व्यक्त गर्नुभयो। यमकला पौडेलको यो उपलब्धिले अन्य विद्यार्थीलाई समेत अध्ययनमा उत्कृष्टता हासिल गर्न प्रेरणा मिल्ने क्याम्पस प्रशासनले अपेक्षा गरेको छ।