गैंडाकोट ६ मा वडा बाल समूह सञ्जाल गठन
गैँडाकोट, २६ असोज २०८३ । गैंडाकोट नगरपालिका वडा नं ६ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि बालबालिकाहरुको भेलाले ९ सदस्यीय वडा बाल समूह सञ्जालको गठन गरेको छ।
समितिको अध्यक्षमा विविशा थापा मगर, उपाध्यक्षमा तपस्या वाग्ले, सचिवमा करण सापकोटा, कोषाध्यक्षमा साहाना सापकोटा, सहसचिवमा आयुष अधिकारी, सदस्यहरुमा कृपा श्रेष्ठ, विवेक कंडेल, दिव्यानी राई, राेशनी परियार सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा विविशा थापा मगर र अभिशेष लाेहार चयन हुनु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ६ का वडा सदस्य एवं बालमैत्री वडा सम्पर्क व्यक्ति पवित्रा अधिकारी,बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्याय र नगर बाल सञ्जालका सचिव हरिबहादुर लाेहारले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे । विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षक र वडा सहजकर्ता प्रियंका गाैतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएको थियाे ।

