गैँडाकाेट १० मा वडा बाल समूह सञ्जाल गठन सम्पन्न
गैँडाकोट, २८ असोज २०८३ । गैंडाकोट नगरपालिका वडा नं १० मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहको प्रतिनिधि बालबालिकाहरुको भेलाले ११ सदस्यीय वडा बाल समूह सञ्जालको गठन गरेको छ।
समितिको अध्यक्षमा कृति सापकाेटा, उपाध्यक्षमा एलेन गुरुङ, सचिवमा मानवी सापकाेटा, कोषाध्यक्षमा अनुष्का श्रेष्ठ, सहसचिवमा मनिस खरेल, सदस्यहरुमा विरवंश रावत, प्रतिज्ञा शर्मा, ममता लामिछाने,गाैरव रिजाल, सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा कृति सापकाेटा र साहिल सुवेदी हुनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडा अध्यक्ष देवीदत्त कंडेल रहनुभएको थियो । सो भेलामा वडा सदस्यहरु मन बहादुर थापा, हरिकला थापा मगर ,विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु र वडा सहजकर्ता सन्ध्या कंडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएको सो भेला वडा बाल सञ्जाल अध्यक्ष दिक्षान्त कंडेलकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।
