गैंडाकोट १४ मा वडा बाल समूह सञ्जाल गठन

२०८३ असोज २४ शनिबार २०:२१:०० मा प्रकाशित

गैँडाकोट, २४  असोज २०८३ । गैंडाकोट नगरपालिका वडा नं १४ मा रहेका टोल विकास संस्था र विद्यालय स्तरका बाल समूहका बालबालिकाहरुको भेलाले १३ सदस्यीय वडा बाल समूह सञ्जाल कार्यसमितिको गठन गरेको छ। 
समितिको अध्यक्षमा रियान शेरचन, उपाध्यक्षमा आर्यान गौतम, सचिवमा प्रमिशा शर्मा, कोषाध्यक्षमा एलिसा कंडेल, सहसचिवमा दिपिसा रानाभाट, सदस्यहरुमा रेमन वाचे,आकृति शर्मा, दिपेश सारु, सरिच पाटा, लक मगर, यशोदा बोहरा, कृष्ण शर्मा र सिमा ठाडा मगर सर्वसम्मत चयन हुनुभएको छ । नगर प्रतिनिधिको रुपमा रियान शेरचन र प्रमिशा शर्मा चयन हुनु भएको छ । 
कार्यक्रमका प्रमुख अतिथि वडा नं १४ का वडा अध्यक्ष कोकीसरा रानाले बालमैत्री वडा निर्माणमा हामी वडाबासी सम्पूर्णकाे अभियान रहेकाे कुरा बताउँदै बालमैत्री व्यवहारको वातावरण बनाउने कार्य आफ्नो घरपरिवारबाट शुरु गर्नुपर्ने कुरा बताउनुभयो ।
सो भेलामा वडा सदस्य पशुपती देवकोटा, विभिन्न टोल विकास संस्था र विद्यालयका बालमैत्री संरक्षक शिक्षकहरु र वडा सहजकर्ता मनिषा मल्लको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालमैत्री नगर सहजकर्ता जगन्नाथ उपाध्यायले बाल समूह सञ्जालकाे गठन प्रक्रियाका बारेमा जानकारी गराउँदै कार्यसमिति चयनकाे प्रक्रियाकाे सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रमको सहजीकरण बालमैत्री नगर सहजकर्ता केशर रानाभाटले गर्नुभएको सो भेला वडा बाल सञ्जाल अध्यक्ष आशिष मिश्रको  अध्यक्षतामा सम्पन्न भएको थियो ।